२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा सांसद ओजस्वी शेरचन निर्वाचित

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका सांसद ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महाविर पुनले निर्वाचित भएको घोषणा गरे ।

समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सवैको राय सुझाव दिएर समितिलाई अघि बढाउने बताइन् । समितिमा बिषयबिज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उनको भनाइ छ ।

सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज बिषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट