२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ ।

गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

उपसभापति भुसाल संयोजक रहेको समितिमा सदस्यहरू थप गरिएको हो ।

सदस्यमा वरिष्ठ अधिबक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सीताराम केसी, वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत, अधिवक्ता रनबहादुर थेवे, अधिवक्ता शर्मिला श्रेष्ठ, अधिवक्ता झलमाया विक छन् ।

साथै सदस्य सचिव अधिवक्ता राजु कटुवाल रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट