काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका बिषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।
पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताए ।
विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनको भनाइ छ ।
बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारण लगाएतका बिषयमा समेत छलफल भएको काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस