काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक वोहरा नियुक्त भएका छन् । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
यस विभागको प्रमुखको जिम्मेवारीमा सभामुख डिपी अर्याल रहेका थिए । पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएसँगै सो पद खालि रहेको थियो ।
त्यस्तै, बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
जिल्ला र निर्वाचन क्षेत्र सहितको सूचि भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको रास्वपाले जनाएको छ ।
केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस