२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले केन्द्रीय सङ्गठन विभागको विज्ञ समूह सदस्यमा तीनजना सदस्यहरू मनोनीत गर्ने निर्णय भएको गरेको छ । जसमा कमल खनाल रूपन्देहीबाट, तोरण बिक सुर्खेतबाट र उदय सापकोटा रौतहटबाट रहनुभएको महामन्त्री बुर्लाकोटीले बताए ।

बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ भने पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले महाधिवेशनको लागि तयारी गर्न कार्यविधि बनाउन महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बुर्लाकोटीले बताए ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट