२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा

सोमवार , बैशाख १४, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए ।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भनाइ थियो ।

“संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट