२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसको आन्तरिक कलह चुलिँदैः पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना निकट नेताहरूको महत्वपूर्ण बैठक बोलाएका छन् । पार्टीमा गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई लिएर देखिएको असन्तुष्टि र पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति तय गर्न खड्काले आज बिहान ११ बजे धुम्बाराहीस्थित ‘होटल स्मार्ट’मा बैठक बोलाएका हुन् ।

बैठकमा खड्का समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आएका छन् । उनले उक्त महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएपछि पनि खड्काले पार्टीको संस्थापन पक्षसँग दूरी बढाइरहेका छन् । संस्थापन पक्षले खड्काको गतिविधिमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधे पनि उनले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् ।

यसअघि वैशाख ६ गते सोही स्थानमा भएको भेलाले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो । आजको बैठकलाई सोही रणनीतिको निरन्तरता वा थप कठोर कदमको संकेतका रूपमा हेरिएको छ ।

पार्टीभित्रको संकट समाधानका लागि सभापति गगन थापा स्वयं वैशाख ६ गते खड्का निवासमै पुगेर भेटवार्ता गरेका थिए । तर, दुई नेताबीचको उक्त भेटघाटले कुनै ठोस निकास दिन नसकेको र सार्वजनिक रूपमा पनि कुनै जानकारी बाहिर नआएकाले खड्का पक्ष थप सशंकित बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट