२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रिय गौरवका आयोजनाको अवस्था, समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेललले जानकारी दिए । उपसमितिको प्रतिवेदनमा आधारमा आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाकाबारे सरोकारवाला निकायसंग प्रभावकारी ढंगले छलफल गर्न सहज हुने उनले बताए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तिय प्रगतिका बारेमा जानकारी गराएका थिए । उहाले वित्तिय समस्या, निर्माण व्यवसायीको कार्य क्षमता र विद्यमान कानूनी व्यवस्थाका कारण आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न समस्या देखिएको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने बिषयमा सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई समेत बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै बैठकले सांसद राजेन्द्र राईको संयोजकत्वमा समितिको कार्यविधि मस्यौदा उपसमिति समेत गठन गरेको छ । उपसमितिलाई सात दिनभित्र प्रतिवेदन दिन समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट