२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक, सरकारको अध्यादेश विरुद्ध विपक्षी दलहरू जुट्दै

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

बैठकमा संसद् स्थगित गरेर अध्यादेश ल्याउने सरकारी कदमप्रति साझा धारणा बनाउने र आगामी प्रतिवाद रणनीति तय गर्ने एजेन्डा रहेको छ ।

सरकारले मंगलबार राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि मात्रै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश सार्वजनिक भएको थियो । त्यसलगत्तै आङ्देम्बेले उक्त कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका थिए ।

उनले लोकतन्त्र, जनअभिमत र संविधानको मर्ममाथि आघात हुन नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारसँग बहुमत हुँदाहुँदै किन अध्यादेश ल्याउनुपर्‍यो भन्ने प्रश्नसमेत उठाएका छन् ।

यसैबीच, अध्यादेशको विरोधमा अन्य विपक्षी दलहरूले पनि कडा प्रतिक्रिया जनाएका छन् । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउने निर्णय गरेको भए पनि यसबारे औपचारिक जानकारी ढिलो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट