२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आगामी निर्वाचनको टिकटबारे कसैले कसैलाई पनि आश्वासन नदिन सभापति लामिछानेको निर्देशन

बुधवार , बैशाख १६, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन् ।

बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको अनौपचारिक बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

कसैले आगामी निर्वाचनको टिकटबारे कसैलाई कुनै प्रतिबद्धता गरे कारबाहीको भागिदार हुनुपर्ने सभापति लामिछानेले चेतावनी दिए ।

रास्वपाले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजनमा २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नका लागि रास्वपाले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट