२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको हो : रास्वपा

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पारेको छ ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालको नभइ तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि ल्याइएको प्रष्ट पारेको हो ।

बैठकपछि रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाहरूबाट अगाडि बढ्ने सन्दर्भमा सरकारले अध्यादेश ल्याएको बताए । उनले सांसदहरुले भोग्नुपरेका समस्या, कानूनी सुधारका साथै आगामी आर्थिक बर्षको नयाँ बजेटका बारेमा समेत बैठकमा छलफल भएको जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानलेले जनताको मत जित्दै प्रभावकारी रुपमा काम गर्न सांसदहरुलाई निर्देशन दिएको मुख्य सचेतक बुर्लाकोटीले बताए ।

उनले संघीय संसदको अधिवेशन आह्वानका लागि पनि तयारी भइरहेको भन्दै यसबारे सरकारले छिटै निर्णय गर्ने जानकारी पाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट