२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्ने गरी काम भइरहेको छ : सभापति लामिछाने

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्ने गरी काम भइरहेको बताएका छन् ।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । रास्वपाले १०० दिनमा गर्नुपर्ने कामका बिषयमा लामिछानले जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्ने गरी काम भइरहेको धारणा राखे ।

उनले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताए । लामिछानेले कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन नभइ आवश्यक सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताए । जनताले ठूलो अपेक्षाका साथै रास्वपालाई बिजयी गराएको भन्दै जनताको अपेक्षा अनुसार छिटो काम गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ ।

उनले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्चाएर सक्षमहरुलाई नियुक्ती गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताए । सभापति लामिछानेले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले सुकुम्वासी बस्ती हटाइएको भन्दै कसैलाई घरबारविहीन नबनाउने उल्लेख गरे । घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने उनको भनाइ छ ।

रास्वपा सभापति लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने जानकारी दिए । रास्वपाले १०० दिनमा गर्नुपर्ने कामका बिषयमा लामिछानले जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्ने गरी काम भइरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट