२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै सुकुमबासी संघद्वारा आन्दोलनको घोषणा

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । अखिल नेपाल सुकुमबासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले बिभिन्न सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई गरेका वाचा स्मरण गर्न र जवरजस्ती उठिवास रोक्नका लागि सरोकारवाला सवैलाई आग्रह गरिने संघले जनाएको छ ।

त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ । संघका अध्यक्ष अमर परियारले जवरजस्ती नागरिकलाई उठिबास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।

शान्तिपूर्ण आन्दोलनबाट आफुहरुको माग सुनुवाई नभए मेची–महाकाली राजमार्ग र सुकुम्बासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट