२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लाग्यो : माधव नेपाल

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सह–संयोजक नेपालले गणतन्त्रमा सवै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन् ।

विद्यार्थी र मजदुरहरुको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उहाले संगठित हुन पाउने संवैधानिक अधिकार कसैले खोस्न नपाउने उल्लेख गरे । उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफुहरु पनिसंगै बसेर समाधान खोज्ने धारणा राखे ।

त्यस्तै सह–संयोजक नेपालले वास्तविक सुकुम्वासीको पहिचान नै नगरि दमन गर्ने कामलाई जायज भन्न नसकिने स्पष्ट पारे । वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेकाले सरकारको प्रारम्भीक लक्षण राम्रो नदेखिएको उनको भनाइ छ ।

उनले जनतालाई पीडा र यातना दिने गरि जनविरोधी काम नगर्न समेत सरकारलाई सुझाव दिए । नेपालले मजदुरहरुको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट