काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ (ज्ञान) क्रान्तिको स्पष्ट खाका माग गरेका छन् ।
प्रधानमन्त्री शाहले ‘वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारसँग योजना सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
उनले प्रभावित सुकुमवासीहरू अझै असुरक्षित र अन्योलमा रहेको उल्लेख गर्दै, उनीहरूलाई समयमै स्पष्ट योजना र भरोसा दिन सरकार गम्भीर हुनुपर्ने बताए। “सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका कहाँ छ ?” भन्दै उनले प्रश्न उठाएका छन् ।
पोखरेलले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । साथै, उनले विगतमा २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीपछि तत्कालीन सरकारले छिटो पुनर्स्थापना गरेको उदाहरण पनि स्मरण गराएका छन् ।
उक्त घटनामा २८ भन्दा बढीको ज्यान गएको, ११५० भन्दा बढी घाइते भएका र करिब २५ सय घरमा क्षति पुगेको तथ्यांक उल्लेख गर्दै उनले संकट व्यवस्थापनमा सरकारको भूमिकालाई पुनः स्मरण गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस