काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शीतल निवासमा भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । भेटमा आङ्देम्बेले अध्यादेशबारे विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।
सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै विपक्षी दलहरू त्यसलाई तत्काल रोक्नुपर्ने पक्षमा उभिएका छन् ।
सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो राजेपछि विपक्षीहरूले विरोध जनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस