२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदका गतिविधि परिणाममूखी बनाउनेगरी भूमिका निर्वाह गर्न दलका सचेतकहरुलाई सभामुखको सुझाव

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरुलाई सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरी भूमिका निर्वाह गर्न सुझाव दिएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

संसदमा देखिएका समस्यालाई हल गर्दै प्रभावकारी बनाउने र संसदको मर्म र संसदीय परम्परा र प्रणालीलाई अव्वल बनाउने बिषयमा समेत छलफल भएको उनले बताए । बैठकमा दलका सचेतकहरुले सभामुख र संसद सचिवालयसँग समन्वय र सहकार्य गरेर परिणाम ल्याउने कुरामा जोड दिएको रास्वपा सचेतक परियारले बताए ।

संसदको प्रारम्भिक चरणमा देखिएका अव्यवस्थाहरूलाई सम्बोधन गर्ने संसद सचिवालयले प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताए । सचेतकहरूमार्फत आफ्नो दलमा प्रभावकारी अनुशिक्षण, प्रशिक्षण र कामकारबाहीलाई अगाडि बढाएर जिम्मेवारी वहन गर्न सभामुखले निर्देशन दिएको परियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट