२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिधुतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । संघीय संसद् सचिवालयले बिधुतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ ।

संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थीतिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद बैठक र संसदीय समितिमा यसअघि काजगी हाजिरी गर्ने गरिएकोमा अव भने बिधुतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ ।

सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैंशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट