२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फेक न्युजको भ्रममा नपर्नु होला, मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ : सांसद खरेल

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । रास्वपा सांसद जगदीश खरेलले आफ्नोबारे ‘फेक न्युज’ फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

कार्यक्रमका लागि स्विजरल्याण्डमा रहेका उनले बिहिबार सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सामाजिक सञ्जालमा नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको बताएका हुन् ।

उनले भनेका छन्, ‘अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन ।’

उनले आफ्नो इमान नै गन्तब्यको लागि प्रयाप्त भएको बताएका छन् । उनले यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोच्न पनि चेतावनी दिएका छन् ।

उनकोबारे हाल स्मार्ट टेलिकम प्रकरणबारे समाचारहरु आईरहेका छन् ।

यस्तो छ उनको भनाई :

प्रिय शुभचिन्तकहरु,

अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट