२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो : गगन थापा

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्प्णी गरेका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरेका हुन् । 

उनले अव्यवस्थीत बस्ती हटाउने नाममा राज्यले क्रुरता र बरबरता देखाएको भन्दै आपत्ति जनाए । सभापति थापाले भूमिहीन सुकुम्वासीलाई अपराधी जस्तो गरी प्रस्तुत गर्न खोजिएको बताए । अहिले नेपाली कांग्रेस संघमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरुमाथि तथ्य र प्रमाणसहित संसदमा कुरा उठाउनुपर्ने उनले बताए । 

सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई संघ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट