२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

सोमवार , जेठ ४, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल सुरु भएको छ ।

गत वैशाख ३१ गतेको प्रतिनिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । यस छलफललाई ‘प्रि–बजेट’ छलफलका रूपमा लिइन्छ ।

दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले आफूहरु आश्वासन बेच्ने राजनीतिबाट अलग भएकाले भाषणले नभइ कामले जवाफ दिने बताए ।

उनले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग बन्ने विषय प्राथमिकतामा पर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका बासना थापाले सिद्धान्त र प्राथमिकता, दस्तावेजका हिसाबले पठनीय भए पनि यसले युवाहरूको रोजगारी सृजनामा आकर्षण दिन नसकेको टिप्पणी गरिन् । थापाले सङ्घ, प्रदेश स्थानीय तहबीच दोहोरपन हटाएर समन्वय बढाउन सुझाव दिइन् ।

नेकपा (एमाले)का डा पुष्पराज कँडेलले संविधानको त्रिखम्बे अर्थनीति र समाजवादोन्मुख लक्ष्यलाई समेट्न नसकिएको टिप्पणी गरे । उनले निजी क्षेत्रको व्यावसायिक वातावरण वृद्धि गर्न प्रस्तावले प्राथमिकता नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ