काठमाडौं । रास्वपा सांसद तथा पूर्वमन्त्री जगदीश खरेलबारेको राजधानी दैनिकले छापेको समाचार तथ्यहिन, आधारहिन र झुट रहेको प्रेस काउन्सिल नेपालको अनुगमनबाट पुष्टि भएको छ ।
यसअघि स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा खरेललाई जोडेर समाचारहरु आएका थिए ।
काउन्सिलको पत्रमा भनिएको छ, ‘सञ्चार माध्यमबाट सम्प्रषित सामग्रीको अनुगमन गर्दा तथ्यगत पुष्टि हुने आधार–प्रमाण एवं परिक्षणवेगर सम्बन्धित पक्षको भनाईवेगर सामग्री सम्प्रेषण भएको अनुगमनबाट देखिएको छ ।’
साथै, यसबारे सांसद खरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘राजधानी दैनिकलाई प्रेस काउन्सिल नेपालको कडा चेतावनी । जगदीश खरेलबारेको समाचार तथ्यहिन, आधारहिन र झुट रहेको काउन्सिलको अनुगमनबाट पुष्टि । अब कारबाहीको पर्खाइ...।’


प्रतिक्रिया दिनुहोस