काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनीलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले प्रसाईंलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने हालसम्म खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले प्रसाईंसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनले भने, “उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।”
प्रसाईं सोमबार मात्रै वीरगञ्ज पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस