२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री लगाएत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : हर्क साम्पाङ

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध जनाएका छन् । 

मंगलबार बैठक सुरु हुनेबितिकै अध्यक्ष साम्पाङले पर्चासहित उठेर विरोध जनाएका थिए । उनले प्रतिनिधिसभाको नियम बमोजिम प्रधानमन्त्री लगाएत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन् ।

साम्पाङले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे । 

यस बिषयमा आफुले सचिवालयसँग कुरा गर्ने सभामुखले जनाएपछि संसदको कारवाही अघि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार