काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा बिज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा बिज्ञहरुसंग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । सदस्यहरुले उठाएका बिषयमा बिज्ञहरुसँग छलफल गरि सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए ।
त्यस्तै समिति अन्तर्गतका उपसमितिहरुलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसंग सम्बन्धीत रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस