काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप जेठ ८ गते शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जेठ १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपमा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन् ।
च्याम्पियनसिप खेल्न सवै देशका टोलीहरु नेपाल आइसकेका छन् । साथै उनीहरुले यसपटक उपाधी जित्ने योजनाका साथ खेल प्रदर्शन गर्ने जनाएका छन् ।
प्रतियोगिता अघि बिहीबार त्रिपुरेश्वरस्थीत कवर्ड हलमा आयोजित प्रि म्याच कन्फ्रेन्समा उनीहरुले खेलका लागि आफुहरु उत्साहित रहेको र सवै तयारी गरेको जनाएका हुन् ।
सो क्रममा नेपाली राष्ट्रिय महिला भलिवल टीमकी कप्तान निरुता ठगुन्नाले च्याम्पियनसिपका लागि आफुहरु तयारी अवस्थामा रहेको र यसपटक घरेलु दर्शकको साथ प्राप्त हुने बताइन् ।
नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ । त्यही दिन कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेशबीच पनि खेल हुनेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस