२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । संसदीय समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरि आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्माण उद्योगहरूमध्ये पूर्वमा जारी युद्धका कारण समस्यामा परेको देखिएको समिति सभापति आशिष गजुरेलले बताए । 

मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले निर्माण कार्य गर्न नसक्ने अवस्थाका कारण देश विकास र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको सभापति गजुरेलले बताए । त्यस्तै बैठकले कानूनका जटिलताका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न बिकासमैत्री बनाउन बनाउन समेत सरकारलाई निर्देशन दिएको उनले जानकारी दिए । 

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । व्यवसायीहरूले आफ्नै कार्ययोजना बनाएर जिम्मेवार ढङ्गले काम अघि बढाउनुपर्ने भन्दै उनले पनि व्यवसायीका समस्याप्रति सरकार गम्भीर रहेको बताए । मूल्य समायोजन र म्याद थपसम्बन्धी विषय राष्ट्र बैंकको सूचकाङ्कका आधारमा अध्ययन भइरहेको उनले बताए । 

त्यस्तै ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले कानूनी जटिलताका कारण बिकास निर्माणका परेको असरलाई समाधान गर्न कानून परिमार्जन गर्ने धारणा राखे । 

त्यस्तै बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले अत्यधिक मूल्य वृद्धिका कारण मुलुकको निर्माण क्षेत्र गम्भीर संकटमा परेको र व्यवसायीहरु काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । निर्माण क्षेत्रमा देखिएको समस्या समाधान हुन नसके समग्र अर्थतन्त्रमा नै असर पर्न सक्ने देखिएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको असरलाई समाधान गर्दैै बिकास निर्माण कार्यलाई अघि बढाउने वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ