२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिकामाथि नेपालको शानदार जित

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित निकालेको छ । 

नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ बलमा १९५ रनमा अलआउट भयो ।

अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै, शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, नेत्र केन्जिगे २९ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ८४ रनको उत्कृष्ट पारी खेले । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ४ चौका र छक्कासहित ५९ रन बनाए । कप्तान रोहित पौडेल ५९ बलमा ४६ रन बनाएर आउट भए । कुशल भुर्तेलले २९ र आसिफ शेखले ४३ रनको योगदान दिए । 

बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिए । मिलिन्द कुमार र रुशिल उगारकरले १–१ विकेट लिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ