२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

शनिवार , जेठ ९, २०८३

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।  नेपालले पहिलो सेट २५–१८, दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१३ ले जितेको थियो । 

जितसंगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ५ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । भारतले माल्दिभ्सलाई २५–९,२५–१४ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै शनिबारको अर्को खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकाल्न सफल भयो । खेलमा कजाकस्तानले २५–९,२५–१८ र २५–१५ ले बिजयी भएको हो । प्रतियोगीता अन्तर्गत आइतबार नेपालले माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ