काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको हो ।
आज सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश जारी गरेको हो ।
देउवा दम्पती अहिले हङकङमा छन् ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम काठमाडौँ जिल्ला अदालतले २०८२ साल चैत २२ र २४ गते देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको थियो।
प्रतिक्रिया दिनुहोस