२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मानवअधिकारका बिषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक भएन : आयोग

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका बिषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । 

आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारका बिषयमा नेपाल सरकार समक्ष गरेका सिफारिहरुको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका हुन् । 

स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको उनले बताए । 

उनले आगामी दिनमा सिफारिस कार्यान्वयनतर्फ सरकारले सकारात्मक पाइला चाहेमा मात्रै कानूनी शासनको प्रत्याभूतिका साथै मानवअधिकार संस्कृतिको निर्माण सम्भव हुने धारणा राखे । 

लोकतन्त्रमा व्यक्ति भन्दा प्रक्रिया र परिणाम महत्वपूर्ण हुने भन्दै अध्यक्ष मगरले राज्यका सवै निकायहरुले अझ बढि लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए । 

साथै उनले नागरिक तथा राजनीतिक अधिकारको तुलनामा अझै पनि आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकारहरुको प्राप्ति र प्रयोग सन्तोषजनक हुन नसकेकाले राज्यले थप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ