काठमाडौं । लगातार चार दिन सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालत आज र भोलि आंशिक रूपमा खुला रहने भएको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बन्दीप्रत्यक्षीकरण रिट दर्ता तथा सुनुवाइका लागि अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
आज बकर इद, भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।
प्रतिक्रिया दिनुहोस