२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । 

बिहीबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसंग सोझो सेटमा पराजित भएसँगै नेपाल उपाधी होडबाट बाहिरिएको हो । खेलमा इरान २५–२०, २५–१५, २५–११ ले बिजयी भयो । जितसँगै फाइनल प्रवेश गरेको इरानले अव शुक्रबार उपाधिका लागि काजकिस्तानसंग खेल्ने छ ।

त्यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइलमा भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै काजकिस्तानले फाइनलमा स्थान बनाएको हो । खेलमा काजाकिस्तान २५–२१, २५–१७, २५–१४ ले बिजयी भयो ।

तेश्रो स्थानका लागि नेपाल र भारतबीचको खेल शुक्रबार हुने छ भने फाइनल खेल पनि शुक्रबार नै हुने नेपाल भलिबल संघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ