२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड बजेट विनियोजन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । 

शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णीम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढिको बजेट बिनियोजन गरेको जानकारी दिए । खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दस वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरे ।

त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खैत र धनगढीको फापलामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिए । 

मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फापला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए । 

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ भने सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ