२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जित्यो

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको फाइनलमा काजकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै इरानले उपाधी जितेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले  दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तर त्यसपछिका दुई सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पीयन बनेको हो ।

त्यसअघि शुक्रबार नै तेश्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसंग ३–१ को सेटमा पराजित भयो । खेलमा भारतले पहिलो र दोश्रो सेट २५–२३ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।

तेश्रो सेटमा नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेपछि चौथो सेट भारतले २५–२२ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ