२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको छ : अर्थमन्त्री वाग्ले

सोमवार , जेठ १८, २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोराना महामारीका साथै अन्तराष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत सुधार गर्ने गरि सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका हुन् ।

उनले ऋणमा आश्रित नभइ आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राखे । 

उनले ५ प्रतिशतको कर नीतिले उपभोक्तलाई असर नपर्ने समेत बताए । विद्युत महशुसमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उनको भनाइ छ ।

उनले विधुतीय सवारी साधनको हकमा पनि कम वाटका गाडीहरुलाई करका कारण कुनै असर नपर्ने उल्लेख गरे । 

मन्त्री वाग्लेले यस पटकको बजेटमा धेरै सुधारका काम गर्न खोजिएकाले भ्रम छर्ने कामहरू बन्द गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ