काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
लामिछाने र भारतीय विदेशमन्त्रीबीच मंगलवार भेटवार्ता भएको हो ।
उक्त भेटमा उनीहरुबीच विकास साझेदारी बारेमा छलफल भएको थियो ।
भेटवार्ताबारे विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो । हाम्रा छलफल विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित थिए । यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’
सभापति लामिछाने पाँच दिने भारत भ्रमणमा रहेका छन् । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस