२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज बस्दै राष्ट्रिय सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

बुधवार , जेठ २०, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक मध्यान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि आजैदेखि छलफल प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रिय सभामा हुने छलफललाई अर्थतन्त्र, विकास प्राथमिकता तथा सरकारी खर्च व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ