काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले संसदको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
सोमबार संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अव संसदको गतिरोध अन्त्य गर्नको लागि पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले संसदमा प्रधानमन्त्रीलाई बोलाएर उक्त अभिव्यक्ति सच्चाउनुपर्ने आफुहरुको बटमलाइन भएको स्पष्ट पारे । बजेटसम्बन्धी बिषयमा छलफल गर्न निकै हतार भएपनि देशको सिमाना र नेपालले भूमि मिचेको विषय सबैभन्दा गम्भीर विषय भएको उनको भनाइ छ ।
उनले रास्वपा सभापति भारतबाट फर्र्र्किएपछि देशले निकास पाउनेमा आफुहरु विश्वस्त रहेपनि त्यसो हुन नसकेकाले संसद अवरुद्ध भएको बताए ।
प्रतिक्रिया दिनुहोस