२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

संसदीय खेलका खेलाडी सांसद हुन्, सरकारको बचाउमा सभामुख उत्रिनु उचित होइन: शंकर पोखरेल

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसद् बैठकमा सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षामा सभामुख स्वयं उत्रिनु उचित नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखबाट प्रतिवाद र सरकारको बचाउ हुने क्रम बढेको भन्दै महासचिव पोखरेलले यस्तो असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले संसदीय लोकतन्त्र र संसद्को गरिमाको मर्यादा राख्न सभामुखको भूमिका तटस्थ हुनुपर्नेमा जोड दिएका छन् । उनले संसदीय खेलका वास्तविक खेलाडी सांसदहरू भएको स्मरण गराए ।

उनले लेखेका छन्, “सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन्।”

पछिल्ला दिनहरूमा संसद् बैठकमा प्रतिपक्षी तथा अन्य सांसदहरूले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदा वा आलोचना गर्दा सभामुख आफैँ बहसमा उत्रिने र प्रतिवाद गर्ने गरेको भन्दै राजनीतिक वृत्तमा समेत आलोचना भइरहेका बेला एमाले नेता पोखरेलको यो टिप्पणी सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट