२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

सोमवार , आषाढ २२, २०८३

नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटकले ‘एम८’ सिरिज अन्तर्गत दुई नयाँ फाइभ-जी स्मार्टफोनहरू बजारमा ल्याएको छ। 

कम्पनीले उत्कृष्ट कार्यसम्पादन र अत्याधुनिक फिचर्ससहित पोको एम८एस ५जी र पोको एम८ प्रो ५जी नेपाली बजारमा ल्याएको हो।  यी दुवै फोनहरू दैनिक प्रयोगलाई सहज बनाउन पानीका छिटा र धुलोबाट सुरक्षित रहने गरी ‘IP’ वाटर तथा डस्ट रेसिस्टेन्स क्षमताका साथ उपलब्ध छन्।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै धेरैभन्दा धेरै उपभोक्तामाझ गुणस्तरीय प्रविधिको पहुँच पुर्याउने पोकोको प्रतिबद्धतालाई यी फोनहरूले थप सुदृढ बनाएका छन्। 

यस सिरिजको पहिलो मोडल पोको एम ए८एस ५जी विशेष गरी लामो ब्याट्री ब्याकअप खोज्नेहरूका लागि उत्कृष्ट विकल्पका रूपमा आएको छ, जसमा ७,००० एमएएचको विशाल ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ।

यो फोनमा ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले १४४ हर्ज रिफ्रेस रेट र स्न्यापड्रैगन ६एस जेन ३ अक्टा-कोर प्रोसेसर रहेको छ भने फोटोग्राफीका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ। 

कालो र सेतो रङमा उपलब्ध यस फोनको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३७ हजार ९९९ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४४ हजार ९९९ तोकिएको छ। 

त्यसैगरी, थप परिष्कृत र प्रिमियम अनुभवका लागि बजारमा ल्याइएको पोको एम ए८ प्रो ५जीमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले छ, जसले १.५के रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ३ हजार २०० निट्सको पिक ब्राइटनेस सपोर्ट गर्छ।

४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रैगन ७एस जेन ४ प्रोसेसरद्वारा सञ्चालित यस प्रो मोडलमा ६ हजार ५०० एमएएचको ब्याट्री छ, जसलाई १०० वाटको तीव्र हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जमार्फत इन्धन दिन सकिन्छ। 

उत्कृष्ट फोटो र भिडियोका लागि यसमा ५० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड र ३२ मेगापिक्सेलको शक्तिशाली सेल्फी क्यामेरा समावेश छ।

कालो, हरियो र सिल्भर रङमा उपलब्ध ८ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमताको यस प्रो स्मार्टफोनको मूल्य ५६ हजार ९९९ निर्धारण गरिएको छ।  उपभोक्ताको आर्थिक सहजता र व्यावसायिक विश्वासलाई ध्यानमा राख्दै पोकोले यी सबै मोडलहरूमा १ वर्षको आधिकारिक ब्रान्ड वारेन्टी र अधिकतम ९ महिनासम्मको ईएमआई सुविधा समेत उपलब्ध गराएको छ। 

यी दुवै स्मार्टफोनहरू ग्राहकहरूले अब देशभरका टेलिटकका आधिकारिक शोरुम, खुद्रा विक्रेता तथा अनलाइन सपिङ प्लेटफर्म दराज मार्फत सहजै खरिद गर्न सक्नेछन्।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट