२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

बागमती प्रदेश सरकारद्वारा छात्रबृत्ति प्रदान गर्न शुरु

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले आफनो प्रदेशभित्रका स्थायी बासिन्दालाई चिकित्सक, इन्जिनियर जस्ता अध्ययनमा छात्रबृत्ति प्रदान गर्न शुरु गरेको छ ।

मुख्यमन्त्री इन्द्र बहादुर बानियाको उपस्थितिमा सात जना बिद्यार्थीहरुसँग छात्रबृत्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी उक्त कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो । 

बानियाँ मुख्यमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद बैठकले बिपन्न वर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको थियो । 

छात्रबृत्तिका लागि प्राप्त आवेदनका आधारमा छनौट गरी उक्त सात जना बिद्यार्थीलाई प्रदान गरिएको छात्रबृत्ति कार्यक्रम आगामी आर्थिक बर्ष पनि बिस्तार गरी निरन्तरता दिइनेछ ।

WhatsApp Image 2026-07-07 at 4.59.15 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट