२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

फोनपेले सार्वजनिक गर्‍यो ‘चेक आउट बाई फोनपे’, अनलाइन भुक्तानी अब अझ सहज

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले ‘चेक आउट बाई फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी सुविधा सार्वजनिक गरेको छ।  यस सेवाको पहिलो मर्चेन्टका रूपमा फास्टो आबद्ध भएको छ।

फोनपेका अनुसार नयाँ सेवामार्फत ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमा किनमेल गर्दा व्यापारीको चेकआउट पेजमै सिधै भुक्तानी गर्न सक्नेछन्। यसले एक एपबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन गर्नुपर्ने, ओटीपी प्रमाणीकरण र पुनः व्यापारीको प्लेटफर्ममा फर्किनुपर्ने झन्झट हटाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार लामो तथा जटिल चेकआउट प्रक्रियाका कारण विश्वभर करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी नै छोडिने गरेका छन्। ‘चेक आउट बाई फोनपे’ ले यही समस्या समाधान गर्दै सफल कारोबारको दर बढाउने र ग्राहक अनुभव सुधार गर्ने लक्ष्य राखेको छ।

हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ। आगामी महिनामा थप बैंक, वित्तीय संस्था तथा इ–कमर्स प्लेटफर्महरूलाई पनि यसमा आबद्ध गरिनेछ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्ने बताउँदै ‘चेक आउट बाई फोनपे’ ले ग्राहकका लागि छिटो र सहज कारोबार तथा व्यापारीका लागि उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले छिटो डेलिभरी सेवाका लागि परिचित फास्टोसँग सहकार्य गरेर सेवा सुरु गर्न पाउँदा खुसी लागेको पनि बताए।

उनले भने,"इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्छ। ‘चेक आउट बाई फोनपे’ अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो, जसले ग्राहकका लागि कारोबारलाई अझ छिटो र सहज बनाउनुका साथै व्यापारीहरूलाई उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्न सहयोग गर्छ। छिटो डेलिभरीको पहिचान बनाएको फास्टोसँग यो समाधान सुरु गर्न पाउँदा हामी खुसी छौं, किनकि यसको अवधारणा पनि हाम्रो छिटो र सहज चेकआउट अनुभव प्रदान गर्ने लक्ष्यसँग मेल खान्छ।"

सेवा शुभारम्भको अवसरमा फोनपे र फास्टोले संयुक्त रूपमा ‘What the FAST! – Fatafat Order. Fatafat Checkout.’ अभियान सञ्चालन गरेका छन्। जुलाई ७ देखि १३, २०२६ सम्म फास्टोमार्फत अर्डर गरी ‘चेक आउट बाई फोनपे’ प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकहरूले २० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

फोनपेले सुरक्षित, नवीन र ग्राहक–केन्द्रित डिजिटल भुक्तानी समाधान विस्तार गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ आगामी दिनमा यो सेवा थप बैंक, व्यापारी तथा डिजिटल प्लेटफर्ममा विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट