२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आविष्कार २६ मा इनोभेक्स एमआईटीले पायो दुई विधामा उपाधि

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । एमआईटीको रोबोटिक्स तथा आईओटी क्लब इनोभेक्स एमआईटी (Innovex MIT) ले काठमाडौं विश्वविद्यालयद्वारा आयोजित आविष्कार '२६ मा १५ केजी रोबो वार र एक्वा रश विधामा प्रथम स्थान हासिल गर्दै उत्कृष्ट सफलता हासिल गरेको छ।

यो प्रतियोगिता जुलाई ७ र ८ मा काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको थियो।

क्लब स्थापना भएको छोटो समयमै प्राप्त यो उपलब्धि टोलीको समर्पण, प्राविधिक दक्षता र नवप्रवर्तनशील सोचको प्रतिफलका रूपमा विशेष मानिएको छ।

दुई विधामा हासिल भएको यो जितले इनोभेक्स एमआईटीका लागि आशाजनक सुरुआत गरेको छ भने नेपालको रोबोटिक्स तथा इन्जिनियरिङ समुदायमा यसको बढ्दो उपस्थितिलाई पनि उजागर गरेको छ।

एमआईटीले यस उल्लेखनीय सफलताका लागि सम्पूर्ण टोलीलाई बधाई समेत दिएको छ। आगामी दिनमा पनि इनोभेक्स एमआईटीले नवप्रवर्तन, प्रतिस्पर्धा र अझ ठूलो सफलता हासिल गर्दै अघि बढ्ने अपेक्षा गरिएको इनोभेक्स एमआईटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट