२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

“जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उनले भने, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।”

सांसद सिंहले पछिल्लो हप्ता आत्मदाहको प्रयास गरेर मृत्युवरण गरेका तीनै जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गरे । सांसद खडकबहादुर बुढाले अविरल वर्षासँगै यही असार २८ गते आएको पहिरोले घर पुरिएर भेरी नगरपालिकाका जयशीला शाहको मृत्यु भएकामा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद बुढाले भूकम्प प्रभावित जनताले कहिलेसम्म यस्तो खालको घटनामा ज्यान गुमाउनुपर्ने हो भनी सरकारसँग जवाफ माग गरे ।

सांसद नरेन्द्रकुमार केरुङले वर्षायाम सुरु भएसँगै इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थसहित एलपिजी ग्यासलगायतको चरम अभाव भई सर्वसाधारणको जनजीवन प्रभावित भएको विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराए ।

उनले मेची राजमार्गअन्र्तगतको राजदुवाली सडकखण्डको नियमित मर्मतसम्भार नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेकाले मर्मतसम्भारको काम अघि बढाउन अनुरोध गरे ।

सांसद दीपककुमार साहले दैनिक १२ देखि १८ घण्टासम्म विद्युत्को आपूर्ति नहुँदा सुनसरीका जनताले सास्ती व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले विद्युत्को नियमित मर्मतसम्भारका लागि नेपाल सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट