२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने

बुधवार , माघ २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएसँगै न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।

उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरु खणिन्द्र कटुवालले जवाफी बहस गरे । यस्तै जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे ।

रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट