२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

साना तथा मझौला कम्पनीले सेयर निष्कासन गरी पुँजी जुटाउन पाउने

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला कम्पनी (एसएमईज)ले सेयर निष्कासन गरी पुँजी जुटाउन पाउने बाटो खुलाएको छ ।

सेबोनले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली जारी गरेसँगै साना तथा मझौला कम्पनीलाई आइपीओ जारी गरेर पुँजी जुटाउने बाटो खुलेको हो ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको नियमावली सेबोनले बिहीबार जारी गरेको छ ।

त्यस्तै, नियमावली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको सेबोनले जनाएको छ ।

नियमावली अनुसार एसएमईजको सेयर कारोबार नेप्सेले गराउनेछ ।

सेबोनका अनुसार सेयर कारोबार गराउन चाहने एसएमईजका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट