२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुमा ३ हजार ८८५ जना छात्रालाई एचपीभी खोप दिइने

सोमवार , माघ ७, २०८१

मुगु। मुगुका चारवटै स्थानीय तहका तिन हजार ८ सय ८५ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब तिन हजार छ सय २ छात्रा र विद्यालय बाहिर रहेका दुई सय २३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले जानकारी दिए ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्यांक संकलन भइसकेकाले यहि माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन गरिने भएको हो ।

कार्यालयको तथ्यांकअनुसार जिल्लाको छायानाथ रारा नगरपालिकाकामा एक हजार तिन सय ५३ जना, खत्याड गाउँपालिकामा एक हजार ७७, मुगुम कार्मारोङमा तिन सय ८१, र सोरु गाउपालिकामा एक हजार १४ जनालाई खोप लगाइने र विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट