२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एचपिभी खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला

बुधवार , माघ १६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ ।

सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो ।

सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताए ।

उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए ।

उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिए । खोप लगाउने अवधिभित्र विद्याल यमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए ।

उनले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहने बताए । मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताए ।

उनले उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गरे । नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताए ।

उनले भने, ‘एचपिभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेका छौँ ।

६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुगेनन् भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । उनले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् ।

सरकारले आउँदो माघ २२ गतेदेखि एचपिभी खोप अभियान शुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट