२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि हुने

मंगलवार , माघ २२, २०८१

काठमाडौँ । प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १६ गतेदेखि हुने भएको छ। आज ललितपुरमा कार्यक्रम गर्दै महोत्सवको औपचारिक घोषणा गरिएको हो।

मंगलबार राधानीमा एक कार्यक्रमका बीच आयोजक संस्था संवाद फाउन्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीहरुको उपस्थितिमा चलचित्र महोत्सवको घोषणा गरेको हो।

महोत्सवको नारा “कथाहरू सीमाभन्दा बाहिर: जहाँ संस्कृति सिनेमा भेट्छ” राखिएको छ। आयोजकका अनुसार महोत्सवमा ११४ भन्दा बढी देशका फिल्मको आवेदन परेको छ। अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी छ।

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना, अवसरको खोजी, युवा फिल्मकर्मीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको संवाद फाउन्डेसनले जनाएको छ।

जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथली भवनमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार